कोरोना अतिप्रभावित क्षेत्र चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याईएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई ६ वटा बस मार्फत नेपाली सेनाको स्कर्टिङसहित खरिपाटी लगिएको हो ।नेपाल एयरलाइन्सको चार्टर विमानबाट आज बिहान ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका १७५ जना नेपालीलाई विमानस्थलमा स्वास्थ्य परिक्षणपछि क्वारेन्टाइनमा लगिएको हो । उनीहरुलाई कम्तिमा १५ दिन क्वारेन्टाइनमा राखेर निगरानी गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खरीपाटीका लागि ८६ जना चिकित्सक खटाइने भएको छ ।चीनको बुहानवाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १ हजार ३०० को मृ,त्यु भैसकेको छ । बिहीबार मात्रै चीनको हुबेइ प्रान्तको बुहानमा २४२ जनाको मृ,त्यु भएको विभिन्न समाचार एजेन्सीले जनाएको छ । एकै दिन २४२ जनाको मृ’त्यु अहिलेसम्मकै धेरै हो । बुहानमा मात्र १४ हजार ८ सयमा यसको सङ्क्रमण फैलिएको बताईको छ ।

नेपालमा चीन वाट फर्किएका २० जनामा कोरो ना जाँच गरिएकोमा १ जनामा सङ्क्रमण देखिएको थियो भने १९ जनाको रिपोर्ट ने’गेटिभ आएको थियो । तर चीनबाट नेपाल आउने ती विद्याथीलाई राख्न सरकारले निर्धारणको गरेको भक्तपुरको खरिपाटीस्थित दुई भवन आसपासका स्थानीय भने चिन्तामा छन् । सरकारले खाली गरेका नेपाल विद्युत् प्राधिकरणका दुई भवन आसपासका उनीहरू कोरो ना सङ्क्रमणको त्रा,सले चिन्तित बनेका हुन ।

विश्वभर प्रकोपका रूपमा फैलिएको र खास गरि यसको उदगम स्थल जहाँ सबैभन्दा बढी प्र,कोप फैलिएको छ सोही स्थानबाट आउने व्यक्तिका कारण आफूहरू समेत सङ्क्रमित हुने त्रा,सले अहिले केहीले त घरै छाडेर हिँड्न बाध्य छन् । सरकारले गरेको यो निर्णयको वि’रोध स्वरूप विभिन्न कार्यक्रम गरेका उनीहरू अहिले गलेका छन् । आफूहरूको वि’रोध सरकारले नसुन्ने अवस्था देखेपछि खरिपाटीका स्थानीय अहिले आफैले थातथलो छाडेर हिँड्ने निर्णयमा पुगेका हुन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!