सुनसरी, बराहक्षेत्र नगरपालिका-११ गोरीटोल बस्ने सिताराम बहरदारको भान्सा कोठाबाट आगो सल्किएर सोमबार दिउँसो आगलागी हुँदा ३ तोला सुनका गहना, लत्ताकपडा, भाँडावर्तन, जिन्सी मालसामान र नगद ४ लाख २० हजार रुपैयाँ जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यसैगरी मुगु, छायानाथ रारा नगरपालिका-१ बजारस्थित छिरिङ लामाको घरमा सोमबार राति आगलागी हुँदा उक्त आगोलागी फैलिएर १७ वटा घर र ३ वटा घुम्ती पसलहरु पूर्णरुपमा जलेर नष्ट भएको छ । हाल क्षतिको विवरण खुलेको छैन ।
प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।