आइतबार, फाल्गुण ०४, २०७६ || 1017  पटक पढिएको

आइजीपीमा ठाकुरप्रसाद ज्ञवालीको बढुवा लगत्तै प्रहरीले राजधानीको सार्वजनिक स्थानमा भइरहेका यौनकर्मीको सक्रियतालाई नियन्त्रणमा लिने प्रयास थालेको छ । राजधानीको नयाँ बसपार्कबाट प्रहरीले ५७ जनालाई पक्राउ गरेको छ । गत हप्ता पनि बसपार्क क्षेत्रमा प्रहरीले यौनकर्मीहरुलाई पक्राउ गरेको थियो ।बसपार्क यौनकर्मी बढी सक्रिय रहने क्षेत्रमा कहलिएको छ । यसबाहेक रत्नपार्क क्षेत्रमा समेत प्रहरीले निगरानी बढाएको छ । रत्नपार्क क्षेत्रमा पनि यौनकर्मीको सक्रियता बढेको छ । दिउँसै मोलमोलाईका दृश्यहरु देख्न सकिन्छ ।कोटेश्वर, कलंकीमा पनि यौनकर्मीहरु सक्रिय छन् । कोटेश्वरको पुलमा यौनकर्मीको खुलेआम गतिविधि देख्न सकिन्छ । यौन व्यवसायीको व्यवस्थापन नहुँदा यस्ता कार्य लुकिछिपी हुँदै आएकोमा पछिल्लो समय खुलेआम देखिनथालेको छ । राजधानीको मुख्य क्षेत्र नयाँ बसपार्क, रत्नपार्क, ठमेल, कोटेश्वर, चावहिल, महाराजगञ्ज, कलंकीलगायतका स्थानमा उनीहरुको गतिविधि बढेको छ ।प्रहरीको धरपडकपछि यौनकर्मीहरु बसपार्क र रत्नपार्कबाट अन्यत्र समेत गतिविधि बढाउन थालेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!