हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 384  पटक पढिएको

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आफ्ना कर्मचारीहरूलाई बोनस बापत ७ करोड ५७ लाख रकम वितरण गरेको छ ।

मुनाफा र चाडपर्व बोनस बापत नोबेलले कर्मचारीलाई ठूलो रकम वितरण गरेको हो । मुनाफा बापत ६ करोड २४ लाख ९ हजार ६ सय ९० रुपैयाँ र चाडपर्व बोनसबापत १ करोड ३२ लाख ९४ हजार ५ सय ५० गरी कुल ७ करोड ५७ लाख ४ हजार २ सय ४० रुपैयाँ बोनस वितरण गरिएको नोबेलले जनाएको छ । कर्मचारीलाई बेसिक तलबको ३०९ प्रतिशत रकम बोनस बापत वितरण गरिएको अस्पतालका संचालक डा.सुनिल शर्माले जानकारी दिए ।

नोबेलका १००४ जना कर्मचारीले तीन महिनाको बेसिक तलब बराबरको रकम बोनस बापत पाए । ९८८ कर्मचारीले मुनाफा बोनस पाएका छन् भने १००४ जना कर्मचारीले चाडपर्व बोनस पाए । प्रत्यक्ष रोजगार र अन्य संस्थामार्फत सम्झौता भएर काम गर्ने गरी नोबेलमा करिब १६ सय कर्मचारी कार्यरत छन् । कर्मचारीको तलबमा मात्रै मासिक करिब ७ करोड रकम खर्चिदै आएको नोबेलले हरेक बर्ष कर्मचारीलाई बोनस वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!