सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका-२ सितापुरस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने प्रदिप चौधरीकी ११ वर्षीया छोरी प्रतिज्ञा चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ ।
त्यसैगरी धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-१० प्रस्टोकी बस्ने रंजित यादवकी छोरी २६ महिनाकी दिपाली यादवको घर नजिकै रहेको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।