नागार्जुन नगरपालिका-५ बुद्धटोल बस्ने ताप्लेजुङ हारुजेल गाउँपालिका-६ घर भएका ३१ वर्षीय गोपाल कालीकोटेको लडेर आइतबार दिउँसो मृत्यु भएको छ ।
काठमाडौं महानरगपालिका-४ बालुवाटार बस्ने दुर्गा बहादुर प्रधानको घरमा वर्ल्डलिंकको नेटको तार जोड्ने क्रममा घरको तेस्रो तल्लाबाट लडेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।