विराटनगर । विराटनगर –१४ जतुवा स्थित श्रीकृष्ण गौ सेवा सदनले भव्यताका साथ गोपाष्टमी पर्व मनाएको छ । कार्तिक शुक्ल पक्षको अष्टमी तिथीमा मनाइने यो पर्व आज शुक्रबार भव्यताका साथ मनाइएको हो ।

गोपाष्टमीको अवसरमा श्रीकृष्ण गो सेवा सदनको प्रङ्गणमा विशेष पुजा तथा धार्मिक अनुष्ठानको आयोजना गरिएको थियो । गोपुजन, गोदर्शन, गोपरिक्रमा, हवन सहितका धार्मिक अनुष्ठान गरि गोपाष्टमी मनाइएको संस्थाका सचिव समाजसेवी बेनीगोपाल मून्दड़ाले बताए ।

जनश्रृति अनुसार आजैका दिन नन्द महाराजले भगवान श्रीकृष्ण र बलरामलाई पहिलो पटक गाई चराउन पठाएको थियो । भगवान श्रीकृष्णले आजैको दिन देखि गोचरण लिला शुरु गरेका थिए । यस दिन गौमाताको विशेष पुजा अर्चना गरी गोपाष्टमी पर्व मनाउने परम्परा रहेको छ ।

गोपाष्टमी पर्व मनाउन विराटनगरका मेयर भीम पराजुली गौशाला पुगेका थिए । उनले गौमाताको पुजा परिक्रमा गरी गोपाष्टमी पर्व मनाए । त्यस्तै नेपाली फिल्म निर्माता निर्देशिका अभिनेत्री दिपाश्री निरौला समेत गौशाला पुगेर गोपाष्टमी पर्व मनाको सचिव मून्दड़ाले बताए ।

निर्देशिका निरौला पहिलो पटक गौशाला पुगेकी थिइन् । उनले आफु विराटनगरबासी भएपनि पहिलो पटक गौशाला आएको बताईन । उनी गौशाला पुगेर गोपाष्टमी पर्व मनाउने अवसर पाएको खुशी व्यक्त गरिन् । निरौलाले गौशालाको लागि सक्दो सहयोग गर्ने भन्दै आजको यस गोपाष्टमी पर्वमा समेत सहयोग गरेकी सचिव मून्दड़ाले बताए ।

वि.सं.२०४५ सालमा स्थापित यस गौसालामा अहिले २०० वटा गाईहरु रहेका छन् । विराटनगर क्षेत्रका हिन्दुधर्म प्रति आस्था राख्ने समाजसेवी तथा उद्योगपतिहरुको आर्थिक सहयोगमा यो गौशाला संचालन भई रहेको छ ।

गोपाष्टमीको अवसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री मननीय जयराम यादवलाई स्वागत सम्मान समेत गरिएको सचिव मून्दड़ाले बताए । उनका अनुसार मन्त्री यादवले यस गौसालालाई हरेक प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जानएका छन् ।

कार्यक्रममा सदनका अध्यक्ष शंकर अग्रवाल, पूर्व अध्यक्षहरु ताराचन्द खेतान, सुरेश कुमार शर्मा, उपाध्यक्ष नन्दकिशोर राठी लगायत हिन्दुधर्म प्रति आस्था राख्ने सेकडौं भक्तजनहरु गौमाताको पुजा, परिक्रमा तथा हवन गरी गोपाष्टमी मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!