रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी’ मा मैयाँको भूमिका निर्वाह गरेपछि रातारात चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छन् । पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी उनले शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । चलचित्रकर्मी कोही उपस्थित भएका थिएनन् ।

रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाहा गरेकी थिइन् । ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनको सानो भूमिका थियो । उनको ठाउँमा निर्देशक रामबाबु गुरुङले अभिनेत्री उपासना सिंह ठकुरीलाई सोल्टिनीको भूमिकामा प्रस्तुत गरेका थिए । ‘कबड्डी’ पछि रिश्माले ‘झुम्की’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् । उनले केही गुरुङ चलचित्रमा पनि अभिनय गरेकी छन् ।

रिश्मा अब चलचित्र नगर्ने निर्णयमा पुगेको बुझिएको छ । चलचित्रबाट टाढिने निर्णय लिनुको कारण खुलाउँदै उनले केही समयअघि एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘चलचित्र क्षेत्र सोचेजस्तो रहेनछ । पहिला हामी स्थापित हुन संघर्ष गर्छौं । तर, एउटा स्थानमा पुगेपछि उनीहरु हाम्रो कलाको दुरुपयोग गर्छन् । त्यसरी सधैं कम्प्रोमाइज गरेर बसिरहनुभन्दा चलचित्र नै नगर्नु उत्तम लाग्यो ।’

उनी चलचित्र क्षेत्रमा हुने गरेको शोषणबाट पनि आजित भएकी रहेछिन् । आफू यौन शोषणमा नपरेको भए पनि श्रम शोषणमा परेको उनको भनाई छ । उनी अहिलेसम्म आफूले गरेका कुनै चलचित्रबाट पूरा पारिश्रमिक नपाएको बताउँछिन् । प्राप्त जानकारी अनुसार, अभिनेत्री रिश्माको अन्तिम चलचित्र ‘कबड्डी ४’ हुनेछ । यो फिल्मपछि उनले चलचित्र अभिनयबाट सन्यास लिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!