सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्रदेश स्तरीय गा.पा.अध्यक्ष क्रीकेट कप प्रतियोगिताको फाईनल खेलको उपाधी चन्द्रनगरले जित हात परेको छ । चन्द्रनगर गाउँपालिकाको आयोजनामा कार्तिक ८ गते देखि सुरु भएको सो प्रतियोगिता २३ गते मंगलबार सकिएको हो ।

प्रतियोगिताको फाइनल खेल हरिपुर्वा र चन्द्रनगर बिच भएको थियो । हरिपुर्वाले २० ओभरमा अल आउट हुँदै ७९ रनको लक्ष्य चन्द्रनगरलाई दिएको थियो । जबाफी ब्याटिङम गर्न उत्रिएका चन्द्रनगरले ७ विकेट गुमाउँदै १७ ओभरमा८० रन बनाएर उपाधी जितन सफल भएको आयोजक टिमका कप्तान शुवा साहले बताए ।

कार्यक्रममाका प्रमुख अतिथि प्रदेश सभा सदस्य उपेन्द्र महतोले प्रथम हुने चन्द्रनगर ७० हजार १ रुपैया र दोस्रो हुने हरिपुर्वाले ३५ हजार १ रुपैया सहित शिल्ड, मेडल, प्रमाणपत्र पत्र प्रदान गरेका थिए । त्यस्तै तेस्रो हुने गोडैता टिमलाई ११ हजार नगद प्रदान गरिएको आयोजकले जनाएका छन् । आयोजकका अनुसार प्रतियोगिताका म्यान अफ दि सिरीज चन्द्रनगरका सुशान्त सिंह लाई ५ हजार नगद सहित आकर्षक कप र म्यान अफ दि म्याच ललन कुमार साहलाई मेडेल सहित प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतियोगितामा सर्लाही, धनुषा, मोहतरी, रौतहट, सप्तरी, पर्सा, गरी जम्मा ३२ वटा टिम सहभागी भएका थिए ।

कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो, उपाध्यक्ष बिणा देवी साह, अधिकृत हरिकान्त लाल कर्ण, लोसपा नेता नागेश्वर महतो, वडाअध्यक्षहरु रामनारायण सिंह कुवर, रामचन्द्र कापर, सिताराम महतो, बच्चेलाल राय, पच्चु पंडित लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!