विराटनगर । अप्पन ब्राह्मण समाज विराटनगरको स्थापना संगै शुरु भएको एतिहासिक काली पुजा यस वर्ष पनि भव्यताका साथ मनाइने भएको छ । जनकल्याण्को लागि मनाइने काली पुजाको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक संस्थाले जनाएको छ ।

बिहीबार विहान ११ बजे शोभा यात्र संगै पुजा प्रकृया शुरु भएपनि लक्ष्मीपुजाको मध्यरातमा विधिवत पुजा प्रारम्भ हुने पुजा समिति संयोजक विरेन्द्र कुमार झा (बीरु सर) ले जानकारी दिए । मूर्ती स्थापना गरि मनाइने काली पुजा तिनदिन सम्म हुनेछ ।

संयोजक झाका अनुसार पुजाको दोस्रो दिन शुक्रबार हवन सहितका विशेष पुजा, प्रसाद वितरण, भजन किर्तन तथा सांस्कृतिक कार्यक्रम हुनेछ । त्यसैगरी शनिबार मूर्ति विसर्जन संगै पुजा समापन हुने झाले बताए ।

काली पुजा तयारीको विषयमा जानकारी दिंदै संयोजक झा संगै समाजका अध्यक्ष कुमुद मोहन झाले माता कालीको पुजा अराधना गर्न तथा प्रसाद ग्रहण गर्नको लागि सम्पूर्ण नगरबासी भक्तजन संग आग्रह समेत गरे ।

माता कालीको वीरभाव अर्थात कालीको रुपमा सिद्धि प्राप्त गर्नको लागि पुजा गरिने जनविश्वास रहेको छ । माताको काली रुप दश महाविद्या मध्ये प्रथम रुपमा मानिन्छ । माता काली मैथिल ब्राह्मणहरुको कुल देवी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!