टिभी जगतका चर्चित नाम सिद्धार्थ शुक्लाले बिग बोस १३ को उपाधि हात पारेका छन् । सिद्धार्थ शुक्लाले ५० लाख भारु र एउटा कार जितेका छन् । करिब साढे चार महिनासम्म चलेको यो चर्चित तथा विवादित रियालिटी शोको फाइनलमा ६ प्रतिस्पर्धी पुगेका थिए । सिद्धार्थ शुक्ला, आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा । ग्रान्ड फिनालेमा सबैभन्दा पहिले पारस छाबडा बाहिरिए । उनले १० लाख भारु लिएर बिजेताको प्रतिस्पर्धाबाट आफूलाई अलग्गयाए ।

त्यसपछि जनताको भोटको आधारमा आरती सिंह, रश्मि देसाई र शहनाज गिल उक्त रेसबाट बाहिरिए । फाइनलमा यो शोको सबैभन्दा चर्चित जोडी सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा चलेको थियो । यी दुईको सुरुमा दोस्ती र पछि दुश्मनीका कारण शो निकै चर्चित र विवादित भएको थियो । यी दुईले उक्त कार्यक्रममा थुप्रै पटक झगडा र हात हालाहाल पनि गरे । अन्त्यमा सिद्धार्थ शुक्लाले सबैलाई पछि पार्दैै कार्यक्रमको उपाधि जिते ।

बिग बोसको इतिहासको सबैभन्दा लामो सिजनः

यो सिजनको सुरुवात सन् २०१९ को सेप्टेम्बर २९ तारिखमा सुरु भएको थियो जसको फिनाले जनवरीमा प्रस्तावित थियो । यद्यपि, सिजनको बढ्दो लोकप्रियता हेर्दै यसलाई पाँच हप्ताका लागि बढाइएको थियो । १५ फेब्रुअरीमा ग्रान्ड फिनालेको दिनसम्म यो सिजन १ सय ४० दिनसम्म चल्यो जसका कारण यो ‘बिग बोस’ को इतिहासको सबैभन्दा लामो सिजन बन्यो । यसअघि ८ औं सिजनलाई २८ दिनका लागि (हल्लाबोल नाममार्फत्) बढाइएको थियो । ग्रान्ड फिनालेसम्म यसले १ सय ३५ दिन पूरा गरेको थियो ।

प्रतिस्पर्धीको संख्या पनि सबैभन्दा धेरै रह्योः

पछिल्लो १२ सिजनका तुलनामा यसपटक प्रतिस्पर्धीको संख्या सबैभन्दा धेरै रह्यो । पहिलो दिन प्रवेश भएका हाउसमेट्स र वाइल्ड कार्ड इन्ट्रि मिलाएर जम्मा २२ प्रतिस्पर्धी यो सिजनमा समावेश भए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!