“समाज प्रतिको चिन्तन,अन्तर धार्मिक लगन´´परम्परा हानिकारक अभ्यासहरु न्यूनीकरण,समाजिक सदभावका लागि अगुवाहरूको भुमिका विषयक छ्लफल तथा शुभ दिपावली र छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हरिपुर स्थित रेडक्रस हलमा आज (सोमबार) सम्पन्न भएको छ ।
निरन नेपालको हरिपुर नगर स्तरीय अध्यक्ष अजय चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा हरिपुर नगरपालिका समाजिक बिकास शाखा प्रमुख बिनय पौडेल वडा अध्यक्ष रिखेसवर कडरिया , राजनीतिक दलका तर्फबाट महिला अतिथि अनिता देबी,नगरपालिका प्रतिनिधि धार्मिक अगुवाहरूले शुभकामना आदानप्रदान गर्नुको साथै समाजमा रहेको विकृति बिसङ्ती विरुद्धमा धार्मिक गुरुहरुको भुमिका महत्वपुर्ण रहेको बिचार राखेका थिए ।
महिलाको महत्व धर्म शासत्रबाट बारेमा अजय चौधरीले प्रस्तुत गर्नु भएको थिए ।
कार्यक्रममा अन्तर धार्मिक संजाल नेपालको आयोजनामा भएको कार्यक्रममा हरिपुर,चन्द्रनगर र मलंगवाका धार्मिक अगुवाहरूको उपस्थित रहेको निरन नेपालका कार्यक्रम संयोजक अाशिष चौधरीले जानकारी दिए ।