मोरङ। अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको करिब ३ लाख ३४ हजार ८ सय रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका पटाका आइतबार साँझ नष्ट गरिएको छ ।
अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विभिन्न मितिमा फेला पारी बरामद उक्त पटाकाहरु स्थानीय प्रतिनिधिको रोहवरमा जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्डभित्र नष्ट गरिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।