बीरेन्द्रकुमार साह

आइतबार, कार्तिक १४, २०७८ || 646  पटक पढिएको

बिराटनगर। मोरङको सुनवर्षि नगरपालिका कृषि बिकास शाखाले आज एक कार्यक्रमको आयोजना गरि सुनवर्षि नगरपालिकाका किसानहरुलाई सिचाई मोटर ,होन्डा पम्पसेट, साना मेसनरि औजार उपकरण अन्तर्गत मकै रोप्ने मेसिन (प्लान्टर ) मकै छोडाउने उपकरण (कर्नसेलर) लगायतको सामाग्री नगरपालिकाको किसानलाई बितरण गरेको कृषि बिकास शाखाका प्रमुख नरेश कुमार साहले हिपमत डटकमलाई बताएका छन् ।

उनका अनुसार सुनवर्षि नगरपालिकाको बिभिन्न वडाका किसानहरुलाई उक्त कृषी सामाग्री बितरण गरिएको हो ।५०% अनुदानमा सिचाई मोटर ४२ थान ,५०% अनुदानमै होन्डा पम्पसेट ३७ थान र साना मेसनरी औजार उपकरण अन्तर्गत मकै रोप्ने मेसिन (प्लान्टर ) ५६ थान तथा मकै छोडाउने उपकरण (कर्नसेलर ) ३३ थान बितरण गरिएको हो ।

बितरण कार्यक्रममा सुनवर्षि नगरपालिकाका मेयर कालिप्रसाद दास, वडा न -९ का वडाअध्यक्ष कमलकिशोर सिंह , वडा न -६ का वडाअध्यक्ष तेज नारायण ताजपुरिया ,कृषि प्राबिधिक मेलिना कार्कि लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै सुनवर्षि नगरपालिकाको किसानहरुकोलागि हामिले थप कार्यक्रमहरु ल्याएका छौ र हामिले किसानहरुको योजनालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ सुनवर्षि नगरपालिकाका मेयर कालिप्रसाद दासले बताए।

निवेदन दिएका कृषक समूह , कृषि फर्म तथा ब्यवसायिक कृषकहरु प्राथमिकताको आधारमा छनौट गरेको कृषि बिकास शाखाका प्रमुख नरेश कुमार साहले बताए। हामिले हाम्रो नगरपालिकाको किसानको आवश्यकतालाई मध्यनजर गर्दै हाम्रो कार्यक्रमहरु गर्ने तथा थप योजना बनाएर अगाडी बढ्ने योजना रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!