रबिन्द्र बराल

शनिबार, कार्तिक १३, २०७८ || 522  पटक पढिएको

रंगेली । रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोक नजिकै रहेको नागेश्वरनाथ शिव मन्दिर परिसरमा स्थापना भएको सामुदायिक भवनको एक कार्यक्रममाको आयोजना गर्दो उक्त भवनको उद्घाटन गरिएको छ ।

पूर्वधार विकास साझदारी कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ का संसद तथा नेपाल सरकारको रक्षा मन्त्रि समेत रहेका मिनेन्द्र रिजालको संसद कोष बाट २५ लाख ६१ हजार १ सय ६० रुपैयाँ र रंगेली नगरपालिकाको अनुदान रकम ५ लाख १६ हजार ,१ सय ५१ रुपैयाँ बराबरको लागतमा एक तल्ले सामुदायिक भवन निर्माण सम्पन्न भएको हो ।

नव निर्मित भवनको क्षेत्र नम्बर -२ का सांसद एवम् रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले शिला लेख अनावरण गर्नुका साथै भवनमा रिवन काटेर उद्घाटन गरेका छन् । कार्यक्रममा नगरपालिका प्रमुख दिलिप बगडिया, नेपाली काङ्ग्रेस मोरंगका सचिव मोदराज घिमिरे , नेता गोपालमान सिंह राजभण्डारी , वडा अध्यक्ष घनश्याम पनेरू , स्थानीय नेता मोहन पौडेल, ढव्वु तामाङ , वेदमणी घिमिरे , विकास सिवाकोटी , लगायत को समेत उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!