शनिबार, फाल्गुण ०३, २०७६ || 878  पटक पढिएको

पशुपतिनाथको दर्शन गर्दै फागुन ४ गतेको राशिफल हेर्नुस

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

मनमा हर्ष,उमङ्ग र उत्साहका साथै रमाइलो धार्मिक यात्राको योगछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । मध्य सातामा सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग गुलाबी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग घिउरङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । भौतिक साधन जुटाउने समय छ । अतिथिको रूपमा सत्कार पाइएला । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ्, तर अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क २,६ र शुभ रङ्ग सेतो वा निलो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग हरियो गुलाबी वा हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता जोश जाँगर र हिम्मत वढ्नेछ । धार्मिक यात्राको योगछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग कलेजी हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

शुभ समाचार सुन्न पाईएला । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । ब्यापार ब्यबसायबाट आम्दानिपनि हुनेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा राम्रो अवसर गुम्न सक्छ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवाधिदेव महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेममा मनमुटावपनि रहनसक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । मध्य साताबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेमीको सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता लिनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभ रङ्ग पहेंलो वा रातो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

साताको सुरुका दिनमा अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । बुधवारबाट लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काममा हात हाल्ने समय छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता गरेका काममा ढिलासुस्ती हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । मध्य साताबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग पहेँलो वा गाढा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!