काठमाडौं महानगरपालिका-१६ गुम्बा बसन्तनगरस्थित राप्ती मुसिकोट गेष्ट हाउसमा सोही ठाउँ बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका-५ घर भएका ३३ वर्षीय पाण्डव चन्द बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका-११ बिलटोलस्थित मामाघर बस्दै आएका भारत दौडवाटोल अकोनवा घर भएका अताबुल राईनको छोरा ४ वर्षीय अरमान राईन सोही नगरपालिका-२ लखनपुरस्थित पोखरीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मंगलबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त पोखरी उनको शव फेला परेको हो ।
यसैगरी धनुषा, मिथिला बिहारी नगरपालिका-२ पशुराम तलाउ नजिक जगदर खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूष बुधबार प्रहरीले पक्राउ गरेको छ ।
चितवन, भरतपुर महानगरपालिका-३ नगरवनस्थित नारायणीको किनारामा हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।