शनिबार, फाल्गुण ०३, २०७६ || 794  पटक पढिएको

मोडल क्याम्पस दमकको साहित्यिक मन्चका पदाधिकारी सहित क्यापसका बिद्यार्थीहरुले आज एक कार्यक्रमका बीच हाम्रो बाल आश्रमलाई आर्थिक तथा खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

मानव सेवा नै सबैभन्दा ठूलो समाज सेवा भएको भन्ने उदेश्यले आर्थिक तथा खाद्यान्न सामाग्री वितरण गरिएको बताइएको छ । गत पौष २६ गते उक्त साहित्यिक मंचले रमाइलो वनभोज कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त वनभोज कार्यक्रमबाट ६००० रुपैयाँ छुट्याई बाल आश्रममा सहयोग गरेको मंचका सदस्य समर्पण मगरले जानकारी दिए । उक्त रकम सहित अन्य विद्यार्थीबाट रु ७५००/- रकम संकलन भएको थियो ।

संकलन गरिएको रकमबाट रु ५०७०/- नगद र रु २५०० बराबरको खाद्यान्न सामग्री आज एक कार्यक्रमका बिच आश्रमका अध्यक्ष प्रकाश थापालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा आश्रममा रहेका बालबालिकाहरु संग क्याम्पसका बिद्यार्थीहरुले खुसि आदानप्रदान गरि साहित्यिक कार्यक्रम पनि संचालन भएको मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!