हिपमत डटकम

बिहिबार, पौष १०, २०८२ || 763  पटक पढिएको

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको पराशर मार्गमा पक्की नालासहित कालोपत्रको काम तीव्र गतिमा भइरहेको छ।

व्यास नगरपालिका–७, ९, १० र ११ वडालाई जोड्ने चक्रपथ मार्गअन्तर्गत सडक कालोपत्र सुरु गरिएको हो।
नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीका अनुसार दैनिक ११५ जना कामदार परिचालन गरेर निर्माण कार्यलाई तीव्रता दिइएको छ। चालु आर्थिक वर्षभित्र आयोजना सम्पन्न नभए ठेक्का रद्द हुने अवस्था रहेकाले निर्माण कम्पनीले कामलाई गति दिएको उनले बताए। उनका अनुसार पुस महिनाभित्र चार किलोमिटर सडकमा असफाल्ट प्रविधिबाट चार सेन्टिमिटर मोटाइको कालोपत्र गर्ने योजना छ।
नगरपालिका कार्यालयका अनुसार एक महिनाअघि २५ प्रतिशत रहेको भौतिक प्रगति हाल ३५ प्रतिशतभन्दा बढी पुगेको छ। सडक सम्पन्न भएपछि वर्षौँदेखि हिलो, धुलो र खाल्टाखुल्टीका कारण सास्ती भोग्दै आएका स्थानीयको आवतजावत सहज हुने व्यास–११ का वडाध्यक्ष दलबहादुर दुराले बताए। उनका अनुसार कृषि उपज ढुवानी र बजार पहुँचमा समेत सुधार आउनेछ।

नगरपालिकाका इञ्जिनियर डा. राजु पौडेलका अनुसार पराशर मार्गअन्तर्गत बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अधेँरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्तीसम्म १० दशमलव ६ किलोमिटर सडक कालोपत्र गरिनेछ। पराशर मार्गसहित छाब्दी केशवटार र माहिन्द्री मार्गका लागि प्रस्ताव पेस गरिएकामा पराशर मार्ग छनोटमा परेको उनले बताए।

आयोजना निर्माणको जिम्मा बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले पाएको छ। नगरपालिकाका अनुसार मूल्य अभिवृद्धि करसहित ४० करोड ८३ लाख ३५ हजार ९२१ रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। निर्माण कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म आयोजना सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।

सडक सञ्चालनमा आएपछि बजारसम्मको पहुँच सहज र छिटो हुनुका साथै सामाजिक सेवा प्रवाहमा समेत सहजीकरण हुने व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। सहरीकरण र स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर पराशर मार्गलाई गौरवको आयोजनाका रूपमा अघि बढाइएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!