हिपमत डटकम

मंगलबार, कार्तिक ०९, २०७८ || 589  पटक पढिएको

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । गत सोमबार ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा थप मंगलबार ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको हो ।

त्यसो त यसै दिन ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ ।

आज सबैजसो उप–सूचकहरु बढेर बजार नै हरियाली बनेको छ भने, यस दिन सबैभन्दा बढी होटल तथा पर्यटन समूहका लगानीकर्ताहरूले कमाएका छन् । यस दिन यस समूहको सूचक अधिकतम ७.५१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, फाइनान्स समूहको ५.६१, लगानी समूहको ४.५, हाइड्रोपावर समूहको ४.३३ प्रतिशतले बढेको छ भने विकास बैंक र जीवन बीमा समूहको क्रमशः ३.७७ र ३.३४ प्रतिशतले वृद्धि भएको छ ।

अधिकतम ७८.८२ अंकले बढेको बजारमा आज कुल ६ अर्ब ३१ करोड ८३ लाखको कारोबार भएको छ । गत सोमबार ८७ अंकले बढेको बजारमा ४ अर्ब ३० करोड ८८ लाखको कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!