सोमबार, कार्तिक ०८, २०७८ || 853  पटक पढिएको

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निकै ठूलो खल्लीखल्लीका बीच वडा र पालिकाको अधिवेशन दशैंअघि सम्पन्न गरिसकेको छ । अब ऊ क्षेत्र, प्रदेश र जिल्लाको अधिवेशन गराउने तरखरमा रहेको छ । उसको १३ औं महाधिवेशन मंसीर महीनामा हुने भनिएको छ । तथापि कांग्रेसका केही जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिन भने बाँकी नै छ । उसका प्रदेश नम्बर १ मा पालिका तहका प्रायः सबै अधिवेशन सम्पन्न भइसकेका छन् ।

त्यस्तै प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलको रूपमा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) पनि केही दिनअघि वडाअधिवेशन सम्पन्न गरिसकेको छ । एमालेले देशैभरि एकै दिन वडा तहको अधिवेशनको सुरूवात दशैं सकिएलगत्तै गरेको हो । यो उसको प्रारम्भिक चरणको प्रथम अधिवेशन पनि हो । यसअघि उसको वडा तहमा सचिव र सदस्यहरूपमा मात्र हुने संरचना थियो । यसपालि त्यस्तो संगठनात्मक संरचना बदलेर अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई जना उपसचिव र सदस्यहरू रहने प्रावधान राखिएको छ । एमालेले पनि कात्तिक १५ अगावै पालिका स्तरको अधिवेशन सम्पन्न गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ । सायद, त्यसपछि जिल्ला र प्रदेश तहको अधिवेशन गर्ने कार्यक्रम तय भएको हुनु पर्दछ । उसले स्थानीय तहका अधिवेशन सकिएलगत्तै महाधिवेशन प्रतिनिधिहरूको छनोट गर्नेछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन पनि मंसीर महीनामा नै हुने मिति तय गरिएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल चारवट सत्तारूढ दलहरूले अहिलेसम्म महाधिवेशनका लागि राजनीतिक गतिविधि सञ्चालन गरेका छैनन् । संविधान त राजनीतिक दलहरूले हरेक पाँच वर्षमा पार्टीको अधिवेशन तथा महाधिवेशन गर्नुपर्ने हुन्छ । तथापि कांग्रेसले छ वर्षमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । एमालेले भने समयमै महाधिवेशन गर्न लागेको हो । बीचमा ऊ माओवादीसँग एकतामा गएको कारण उसको राजनीतिक, संगठनात्मक र संरचनामा समस्या आएको थियो ।

समग्रमा विश्लेषण गर्दा राजनीतिक दलहरूभित्र पनि प्रजातान्न्त्रिक अभ्यास हुनु जरूरी हुन्छ । त्यसका लागि दलभित्र पनि नियमित चुन्ने चुनिने परिपाटीको विकास गर्नु जरूरी हुन्छ । जसले दलहरूलाई चलायमान मात्र गर्दैन जीवन्त र गतिशील बनाउन मद्दत गर्दछ । कांग्रेसपछि एमाले नै हो नेकपा (माले) भएर जन्मिएको । त्यसैले यी दुई दलहरूले राजनीतिक संस्कार दिन सकेमात्र अरू दलहरूलाई पनि दबाव सिर्जना हुन्छ ।
कांग्रेस र एमालेको महाधिवेशन मंसीरमा सम्पन्न भयो भने यी दुवै दल आगामी निर्वाचनमा ताजा जनादेश लिनका लागि वैधानिक दलका रूपमा दर्ज हुन्छन् । उनीहरूविरूद्ध कसैले पनि अवैधानिक हो भनेर औंला ठड्याउन पाउने छैनन् ।

यस बीचममा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पालिका र जिल्ला तहको अधिवेशन सम्पन्न गरिसकेको छ । यसरी एकपछि अर्को गर्दै राजनीतिक दलहरू आफ्ना अधिवेशनमा संलग्न हुनु राम्रो कुरा हो । यसपालि दलहरूले विगतभन्दा फरक संघीय संरचना अनुसारका समितिहरू निर्माण गर्नुपर्ने हुन्छ । जसले संघीयतालाई मजबुत बनाउन सहयोग गर्दछ ।

यो खबर आजको न्यु सृष्टि दिन इक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!