रामकुमार परियार

बिहिबार, कार्तिक २१, २०८२ || 2722  पटक पढिएको

पथरी । मोरङको पथरीमा सञ्चालन भईरहेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण ईन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२’ मा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

फाईनल प्रवेशका लागि हुने भिडन्तमा आज ए–डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र आयोजक पथरी–११ फुटबल क्लब भिड्नेछन् । दुवै टोली आजको खेलमा जित निकाल्दै फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदानमा उत्रिने हुनाले भिडन्त रोमाञ्चक हुने आशा गरिएको छ ।

राष्ट्रिय खेलाडीले भरिएको एनआरटीले आफ्नो प्रतिष्ठा जोगाउने प्रयत्न गर्नेछ भने घरेलु दर्शकको साथ र समर्थन पाउने पथरी–११ पनि आफ्नो मैदानमा जित निकाल्ने योजनामा हुनेछ ।

आयोजक टोलीका प्रशिक्षकले फाइनलमा पुग्नका लागि टिम पूर्ण तयारीमा रहेको बताउँदै घरेलु मैदान र दर्शकको साथलाई बलका रूपमा उपयोग गर्ने बताएका छन् । एनआरटीले पनि आफ्नो अनुभव र ए–डिभिजन स्तरको खेलकौशलका माध्यमबाट प्रतियोगितामा दमदार प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ ।

गत कात्तिक १५ गतेदेखि सुरु भएको गोल्डकपमा यस वर्ष काठमाडौंका तीन ए–डिभिजन क्लब, एक भारतीय टोलीसहित ८ टिम सहभागी भएका छन्। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा सिरहाको सलहेश युवा क्लबले पाँचथर क्लब फिदिम लाई ४–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ।

आजको खेलपछि फाइनलमा भिड्ने दुवै टिम टुंगो लाग्नेछ। प्रतियोगिताको फाइनल आगामी कार्तिक २२ गते हुनेछ। विजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्।

गोल्डकपको मुख्य सहयोगी पथरी शनिश्चरे नगरपालिका हो भने ईन्ट्रा फाउन्डेसन मुख्य प्रायोजकका रूपमा रहेको छ। दर्शकका लागि रु. १०० को सामान्य र रु. २०० को भिआइपी टिकट व्यवस्था गरिएको छ।

पथरी रंगशालामा आजको खेल हेर्न उल्लेख्य मात्रामा घरेलुु दर्शक उपस्थित हुने अनुमान गरिएको छ । यस प्रतियोगिताका सम्पुर्ण खेललाई गोलनेपालले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!