हिपमत डटकम

शनिबार, कार्तिक ०६, २०७८ || 659  पटक पढिएको

काठमाडौँ । गायक रबिन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत माया लाउनै जानिनको म्यूजिक भिडियो बाहिरिएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत शृजना रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।

प्रेम र रोमान्स गर्ने उमेरका युवा युवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथालाई देखाइएको भिडियोमा पछिल्लो पुस्ताका चर्चित टिकटकरद्धय सुधिर श्रेष्ठ र बिना राउतको अभिनय रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । अच्युत बजगाईको सम्पादन रहेको भिडियो हाइलाइट्स नेपालबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!