हिपमत डटकम

बुधबार, पौष २३, २०८२ || 513  पटक पढिएको

काठमाडौँ — नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि नौ जनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रदेशगत रूपमा उम्मेदवारको टुंगो लगाएको हो ।

निर्णयअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्ण उम्मेदवार चयन भएका छन् । यस्तै बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसीलाई उम्मेदवार बनाइएको छ ।

कांग्रेसले कर्णाली प्रदेशबाट ललितबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!