हिपमत डटकम

बुधबार, पौष २३, २०८२ || 523  पटक पढिएको

सुदूरपश्चिम — लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा एक हप्ताका लागि बिदा दिएको छ ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार अत्यधिक चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै नियमित पठनपाठन प्रभावित भएपछि पुस २४ देखि माघ २ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

बाक्लो हुस्सु र कुहिरोसँगै निरन्तर चलिरहेको शीतलहरले कैलालीसहित सुदूरपश्चिमका तराई जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसोबाट जोगिन सर्वसाधारणलाई सहयोग पुर्‍याउने उद्देश्यले धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकालगायतका स्थानीय तहले केही दिनअघि दाउरा वितरण गरेका थिए ।

शीतलहरका कारण धनगढीमा अधिकतम र न्यूनतम तापक्रम क्रमशः घट्दै गएको छ । पहाडी क्षेत्रमा घाम लागे पनि तराईका जिल्लामा भने कुहिरो र हुस्सु कायमै रहेको छ ।

बढ्दो चिसोका कारण आलु र तोरीजस्ता हिउँदे बालीमा डढुवा रोगको समस्या देखिन थालेको किसानहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!