हिपमत डटकम

शनिबार, कार्तिक ०६, २०७८ || 683  पटक पढिएको

पर्सा । सीमाबाट हुने तस्करीका मालसमान सहजै तरिकाले नेपालको विभिन्न ठाउहरूमा पुर्याउने गरेको एक घटनाले उजागर पारेको छ । सीमाबाट हुने गरेको तस्करीका मालसमान नेपालको विभिन्न ठाउहरूमा पुर्याउनको निम्ति राजस्व अनुसन्धान कार्यालयका पदाधिकारीहरू समेत रकममा लिप्त रहेको एक घटनाले उजागर पारेको हो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाको छत्र छायामै रहि ठुला तस्करहरू समेत सलबलाउन थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीबाट खटिएको स्कवाड टोलिले बिहिवार राती करीब २ बजेको समयमा बिशेष सूचनाको अधारमा ट्रान्सपोर्टको गाडी नियन्त्रणमा लिएको थियो । तस्करीको मालसमान ओहोर दोहर ट्रान्सपोर्टकै माध्यमले हुने गरेको विशेष सूचनाको अधारमा पक्राउ गरिएपनी राजस्व अनुसन्धान कार्यालय पथलैयाको मिलोमतोमा छोडिएको श्रोतले हिपमत डटकमलाई बताएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयामा ठुला तस्करहरुको समुहको सेटिङ्ग हुने गरेको कारण नियन्त्रणमा राख्ने अवस्था नदेखिएको कार्यालय श्रोतले नै जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ गरि अनुसन्धानको लागि पठाइएको ट्रक पूर्ण रूपले चेकजाच नै नगरी छोडिएको छ।

यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीका प्रमुख डिआइजी गणेश ठाडा मगरले बिशेष सूचना आए पश्चात् नियन्त्रणमा लिइ अवाश्यक कार्यवाहीको लागि राजस्व अनुसन्धान पथलैयामा पठाइएपनी केही फेला नपरेको जानकारी आएको बताए ।

तर नेपालकै आर्थिक नगरी भनेर चिनिने बिरगंज क्षेत्रमा ४७ वटा ट्रान्सपोर्ट रहेको र केही ट्रान्सपोर्टको नाममा अबैध क्रियाकलापबाट मालसमान ओसार पोसार गरिरहेको ट्रान्सपोर्टमै रहेका कर्मचारीले दाबी गरेका छन् । केही ट्रान्सपोर्टबाट राजस्वमा सेटिङ्ग भए पश्चात् अबैध तरिकाले आयात भएका मालसमान सजिलै ओहोर दोहर हुने गरेको बताइन्छ । उहाले त्यसता गतिविधिमा सन्लगन ट्रान्सपोर्टको नाम उल्लेख नगर्दै त्यस्ता ट्रान्सपोर्टको कारण सम्पूर्ण ट्रान्सपोर्ट बदनाम हुने गरेको बताए ।

यता राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख नारायण मैनालीले आफू कार्यक्रममा गएको बेला कर्मचारीहरू चेकजाच गरेर ट्रक छाडेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार आफू कार्यक्रममै भएको बेला कर्मचारीहरू केही फेला नपरेको जानकारी दिएको कारण छाड्न निर्देशन दिएको बताए । उनले आफ्नो तस्कर अथवा कुनै ट्रान्सपोर्ट सङ्ग कुनै किसिमको सहकार्य नरहेको ठोकुवा समेत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!