चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गर्न शनिवार दिउँसो २ ः४५ बजे नेपाल एयरलाइन्सको वाइड बडी जहाज चीनको वुहान जाने भएको छ ।३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोड मास्टरसहित नेपाली सेनाका चार जना चिकित्सक रहने छन् ।वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । विमानस्थलमा अवतरण गरेपछि ती विद्यार्थीलाई सिधै खरीपाटी लगिनेछ ।

खरीपाटी स्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा ती विद्यार्थीलाई १४ दिनसम्म राखिने भएको छ । ती विद्यार्थीको विभिन्न परीक्षण गरिने भएको छ भने १४ देखी १७ दिनसम्म उनीहरू क्वारेन्टाइनमा बस्नुपर्ने छ । १८० विद्यार्थीका लागि ६० कोठा तयारी अवस्थामा राखिएको छ भने ती विद्यार्थीका कुनै पनि अभिभावकले १४ दिनसम्म उनीहरूलाई भेट्न पाउने छैनन् ।स्वास्थ्य उपचारसँगै खानाको व्यवस्था पनि सरकारले गर्ने भएको छ भने चौबिसै घण्टा स्वास्थ्य कर्मी निगरानीमा हुनेछन् ।

सरकारले ५० जना स्वास्थ्यकर्मीलाई विशेष तालिम दिएर राखेको छ । खरीपाटीका लागि ८६ जना चिकित्सक खटाइने भएको छ ।चीनको बुहानवाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १ हजार ३०० को मृ,त्यु भैसकेको छ । बिहीबार मात्रै चीनको हुबेइ प्रान्तको बुहानमा २४२ जनाको मृ,त्यु भएको विभिन्न समाचार एजेन्सीले जनाएको छ । एकै दिन २४२ जनाको मृ’त्यु अहिलेसम्मकै धेरै हो । बुहानमा मात्र १४ हजार ८ सयमा यसको सङ्क्रमण फैलिएको बताईको छ ।

नेपालमा चीन वाट फर्किएका २० जनामा कोरो ना जाँच गरिएकोमा १ जनामा सङ्क्रमण देखिएको थियो भने १९ जनाको रिपोर्ट ने’गेटिभ आएको थियो । तर चीनबाट नेपाल आउने ती विद्याथीलाई राख्न सरकारले निर्धारणको गरेको भक्तपुरको परिपाटीस्थित दुई भवन आसपासका स्थानीयलाई भने चिन्तामा छन् । सरकारले खाली गरेका नेपाल विद्युत् प्राधिकरणका दुई भवन आसपासका उनीहरू कोरो ना सङ्क्रमणको त्रा,सले चिन्तित बनेका हुन ।

विश्वभर प्रकोपका रूपमा फैलिएको र खास गरि यसको उदगम स्थल जहाँ सबैभन्दा बढी प्र,कोप फैलिएको छ सोही स्थानबाट आउने व्यक्तिका कारण आफूहरू समेत सङ्क्रमित हुने त्रा,सले अहिले केहीले त घरै छाडेर हिँड्न बाध्य छन् । सरकारले गरेको यो निर्णयको वि’रोध स्वरूप विभिन्न कार्यक्रम गरेका उनीहरू अहिले गलेका छन् । आफूहरूको वि’रोध सरकारले नसुन्ने अवस्था देखेपछि खरिपाटीका स्थानीय अहिले आफैले थातथलो छाडेर हिँड्ने निर्णयमा पुगेका हुन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!