हिपमत डटकम

सोमबार, आश्विन २५, २०७८ || 596  पटक पढिएको

गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियो सार्वजनिक गरिएको छ।अर्जुन पोखरेलको संगीत रहेको ‘निष्ठुरी प्रदेशी’को शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन् ।गीतमा एरेन्ज पुरुशितम सुबेदीको रहेको छ ।

निकै मार्मिक गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियोमा चिरन्जिबी सापकोटा (जीबि चिरन) र गरिमा शर्मा अभिनय रहेको छ ।भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा निकै उत्कृष्ट भिडियो निर्माण गरिएको छ ।घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पिडा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

 

गीतको भिडियोलाई सिर्जन बराल ( ऋषि ) निर्देशन गरेका हुन्।अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरिसग ‘सोल्टिनी’ र टंक तिमिल्सिना ‘माया नमार्नु नि है’ जस्ता सफल गीत सार्वजनिक भईसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!