हिपमत डटकम

शनिबार, आश्विन २३, २०७८ || 428  पटक पढिएको

दसैँ, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ । कम्पनीले काठमाडौँको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा विक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दसैँका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा विक्री वितरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरूलाई आग्रह गरे । उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए ।

 

कम्पनीले हाल २ हजार खसी, बोका विक्रीका लागि ल्याएको छ । तर ग्राहकहरूको चाप बढेकाले आवश्यकता अनुसार फेरि पनि खसी, बोका थप गरेर विक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिए । उनले दैनिक ५ सय वटा खसी, बोका विक्री वितरण हुने अनुमान गरिएको समेत बताए ।

यता ग्राहकहरूले पनि बजारमा भन्दा सस्तोमा खसी, बोका उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले खसी, बोका स्वस्थ रहेको र विक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको प्रतिक्रिया दिएका छन् ।

कम्पनीले बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म खसी, बोका विक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले ग्राहकहरूले उत्साही ढङ्गले खसी, बोका खरिद गरिरहेको बताए । उनले बजारमा भन्दा सस्तोमा पाइने हुनाले ग्राहकहरू कम्पनीमा खरिद विक्रीका लागि उत्साहका साथ आउने तर्क समेत गरे । कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट खरिद गरेर खसी, बोका ल्याइएको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!