शनिबार, फाल्गुण ०३, २०७६ || 1180  पटक पढिएको

टिपर र माेटरसाइकल दुर्घटना हुँदा विराटनगरमा दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ ढाटमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । एकजना घाइते भएका छन् । शनिबार बिहान विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकल साेही दिसा तर्फ जाँदै गरेकाे को १ ख ७३०९ नम्बरको टिपरसँग ठाेक्किएकाे थियाे । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले दुर्घटनामा सिरहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका–२ का २८ वर्षीय हरेराम साहको मृत्यु भएको जानकारी दिए । राइन मोटरसाइकल चालक हुन् । दुर्घटनामा परेकाे मोटरसाइकलमा तीन जना सवार थिए । दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी रुपनीका १८ वर्षीय धनराज यादव गम्भीर घाइते छन् । उनको कोशी अस्पतालमै उपचार भइरहेको छ । तीन जना सवार तीव्र गतिमा रहेको मोटरसाइकल ओभरटेक गर्ने क्रममा टिपरको अगाडिको भागमा ठोक्किएको थापाले बताए । प्रहरीका अनुसार मृतक र घाइते तीनै जना विराटनगरको गोल्डेन पार्क कलेजमा ओभरसियर अध्ययन गरिरहेका विद्यार्थी हुन् । टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३५ वर्षीय शशिकुमार थन्दारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि आक्रोसित स्थानीय बासिन्दाले टिपर रोक्ने प्रयास गरेका थिए । तर चालकले नेमुवा पु¥याएर इलाका प्रहरी कार्यालय भित्र लगेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!