हिपमत डटकम

शुक्रबार, आश्विन २२, २०७८ || 271  पटक पढिएको

काठमाडौं । शून्य कार्वन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ वटा शहर मध्ये पाचौँ नम्बरमा काभ्रेको धुलिखेल नगरपालिका परेको छ। कार्वन उत्सर्जनलाई शून्यतामा झारेर वातावरणमैत्री बन्ने एसियाको पहिलो नगरपालिका पनि धुलिखेल बनेको छ।

विश्वमा चुनौतिको रुपमा रहेको कार्वन उत्सर्जनलाई शून्यतामा झारेर एसियाको पहिलो र विश्वका १५ वटा शहरको सूचीमा पर्नुमा नगरपालिकाले धेरै काम गर्नु परेको नगरप्रमुख अशोक ब्याञ्जु बताउँछन्।

ब्याञ्जुले भने, ‘हामीले सानो–सानो कुरामा ध्यान दिएको अवस्थामा ठूलै काम गरिरहेका हुँदा रहेछौं। यो उदाहरण पनि हो। सामान्यतः सबै नगरपालिकाहरुले गर्ने आधारभूत काम नै गरेका हौं। अहिले वातावरणमैत्री र शून्य कार्वन उत्सर्जन गर्ने नगरपालिकामा एसियाकै पहिलो भयौं। खुसी लागेको छ।’

धुलिखेल नगरपालिकाले शिक्षा, स्वास्थ्यमा नागरिकको प्रत्यक्ष ख्याल राख्दै आएको छ। ‘एक घर एक धारा, एक वडा पाँच पार्क, स्वास्थ्य शहर, वातावरणमैत्री शहर, बालवालिकामैत्री शहरलगायतका विभिन्न योजनामा काम गरिरहेको छ।
नगर प्रमुख ब्याञ्जुले भने, ‘एउटा त हामीले धुलिखेल नगरपालिकालाई वातावरण मैत्री बनाउने काम अघि बडाएका छौं। यहाँको घरघरबाट निस्कने ढलको ट्रिटमेन्ट प्लान्टको काम ७१ प्रतिशत गरिसकेका छौं। दिशाजन्य लेदो पदार्थको व्यवस्थापन बिलगेट्स फाउण्डेसनसँग मिलेर गरिरहेका छौं। वातावरणीय अवस्थालाई ध्यानमा राखेर वन तथा वातावरणको लागि एक लाख विरुवा रोप्नेकाम गरेका छौं। फोहोर मैला व्यवस्थापनमा पनि नेपालकै उदाहरणीय बनेर ग्यास र मल उत्पान गर्ने काम गरेका छौं।’

नगरपालिकाले आकाशबाट झरेका पानी कलेक्सन गर्ने, आफ्नो उद्योगधन्दाबाट उत्पादन हुने फोहोरहरुको आफैले ट्रिटमेन्ट प्लान्ट बनाउछ भने त्यस्तालाई १० प्रतिशत कर छुट गरेको पनि नगर प्रमुख ब्याञ्जुको भनाइ छ। ‘पानी रिचार्जिङ कार्यक्रमहरुको मोडेलमा पनि काम भइरहेको छ। सवारी साधनहरुबाट उत्पन्न हुने प्रदुशण कम गराउने, उद्योगहरु राख्दा पनि प्रदुसण हुनेखालको नराख्ने, प्रदुर्शण शून्य भएको शहर बनाउनेलयातका सामान्य काम गरेका हौं। ती कार्यक्रमहरुले नै कार्वन उत्सर्जनमा कटौति भयो। त्यसरी शून्य कार्वन उत्सर्जन गर्ने नगरपालिका बन्यो।’

धुलिखेलले दक्षिण एसियामै पहिलोपटक जीवाश्म इन्धन अप्रसार सन्धी अभियानलाई कार्यान्वयनमा ल्याएका नगरप्रमुख ब्याञ्जुले जानकारी दिए। उनले उक्त सन्धि अन्तर्गत रहेर धुलिखेलले आफ्नो नगरक्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई अघि बढाएको बताए।

यसअघि पनि वन तथा वातावरण मन्त्रालयले कार्वन उत्सर्जनलाई काम गरेर विश्व बैंकबाट पाँच वर्षमा पाँच अर्ब रुपैयाँ नेपाल ल्याउने अनुमानका साथ काम गरिरहेको छ। विश्वबैंकले कार्वन उत्सर्जन कटौति गर्न सक्ने देशहरुलाई प्रतिटन कार्वनको पाँच अमेरिकी डलर दिने घोषणा गरेको थियो।

वन विज्ञका अनुसार नेपालले कार्वन कटौति गरेर पाँच वर्षमा पाँच अर्ब रुपैयाँ भित्र्याउन सकिने सम्भावना रहेको छ। नेपालले पाँच वर्षमा ९१ लाख ५० हजार मेट्रिक टन बढी कार्वन उत्सर्जन कटौति गर्नसक्ने वन विशेषज्ञको अनुमान छ।
बेलायतको ग्लास्गोमा आगामी महीना हुन लागेको राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ अगाडि यो सूची सार्वजनिक भएको हो। उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरन्टो, स्पेनको बार्सिलोना र अमेरिकाको लस–एन्जल्स पनि अटाएका छन् । काभ्रेको धुलिखेल सूचीको पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!