हिपमत डटकम

बिहिबार, आश्विन २१, २०७८ || 926  पटक पढिएको

बिराटनगर। “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले प्रदेश न १ मा आफ्नो प्रादेशिक कार्यालयको समुद्घाटन सम्पन्न गरेको छ । उक्त प्रादेशिक कार्यालयकोे समुद्घघाटन नेपाल राष्ट्र बैंक – प्रदेश न १ का प्रमुख सतेन्द्र तिमल्सिनाले गर्नुभयो । हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरीएको थियो ।

उक्त प्रादेशिक कार्यालयको उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक – प्रदेश न १ का प्रमुख सतेन्द्र तिमिलसिनाले बिराटनगर तथा प्रदेश न १ मा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउँदै, ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा सिभिल बैंक प्रदेश नंं. १ का प्रमूख राजेश ढकालले बैंकले हालसम्म करिव छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटियमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको र प्रदेश नं. १ मा मात्र २१ वटा शाखा ३ वटा एक्सटेन्सन काउन्टर सन्चालनमा रहेको जानकारी गराउनू भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!