हिपमत डटकम

मंगलबार, आश्विन १९, २०७८ || 552  पटक पढिएको

नवलपरासी(पश्चिम) ।  सुस्ता गाउँपालिका-५ रतनगंजस्थित सडकबाट लु.१ च ४६२८ नम्बरको गाडीमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब ४ लाख ६० हजार ४ सय रुपैयाँ मूल्य बराबरको विभिन्न कम्पनीको मोबिल आयल सहित गाडीका चालक सुस्ता गाउँपालिका-३ कुडिया बस्ने २५ वर्षीय पप्पु थारुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाडीमा विभिन्न कम्पनीको मोबिल आयल लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी चालक थारुलाई पक्राउ गरेको हो ।

उनलाई बरामद मोबिल आयल र गाडी सहित आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिम पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!