हिपमत डटकम

सोमबार, आश्विन १८, २०७८ || 574  पटक पढिएको

वीरगञ्ज । पर्सा जिल्लाको बिन्दबासिनी गाउपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत श्यामबाबु साह हाजिर भएका छन् । आयुर्वेद शाखा प्रमुख अधिकृतमा कार्यरत रहेका साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिन्दबासिनी गाउँपालिकामा सरुवा गरेपछि उनी हाजिर भएका हुन् ।

बिन्दबासिनी गाउँ कार्यपालिकाको कार्यालय बहुवर्वा भाठ्ठामा सोमबार हाजिर हुन गएका साहलाई भव्य रूपमा स्वागत गरिएको थियो । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले निमित प्रमुख प्रशासकिय अधिकृत साहलाई गम्छा , फूलको माला र अबिरको टीका लगाएर भव्य स्वागत गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कानुले अधिकृत साहलाई कसैको दबावमा काम नगरी कानुन अनुसार काम काज गर्ने आग्रह गरेका थिए । अध्यक्ष कानुले प्रत्येक ८ दिनमा कर्मचारी मिटिङ्ग बसाई समन्वय गरी अगाडि बढ्ने सुझाव दिनु भयो । उक्त कार्यक्रममा बोल्दै अधिकृत साहले आफूले जन चाहना अनुसार जनप्रतिनिधिको समन्वयमा काम गर्ने बताए ।

उनले भने मैले जनप्रतिनिधिको समन्वय र सहकार्यमा जन चाहना अनुसार काम गर्ने छु , त्यसको लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्व्य जरुरी छ ।

बिन्दबासिनी गाउँपालिकामा यस भन्दा अगाडि प्रमुख प्रशासकिय अधिकृत मुना रौनियारले कार्यालय प्रमुखको जिम्मेवारीमा काम गर्दै आइरहेका थिए । अधिकृत रौनियारले गाउँपालिकामा स्थानियहरु संग समन्वय गरी विभिन्न किसिमका काम गर्नु भएको थियो ।

गाउँपालिका कार्यालयमा हाजिर हुन आइपुगेका निमित प्रमुख प्रशासकिय अधिकृतलाई उपाध्यक्ष किरण देवी गुप्ता , लेखा अधिकृत मिथलेश कुशवाहा , शिक्षा प्रमुख कपिल लामिछाने , सामजिक शाखा प्रमुख नरेश चौहान , इन्जिनियर सन्तोष साह , योजना शाखा प्रमुख सीताराम पण्डित , आइटी सन्दिप साह , रवीन्द्रनाथ तिवारी , जसापा युवा नेता गौरीशंकर साह , प्रशुराम यादव , दीपेन्द्र पण्डित , बुधन साह लगायतका जनप्रतिनिधि र कमर्चारीहरुले अबिर लगाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!