हिपमत डटकम

सोमबार, आश्विन १८, २०७८ || 420  पटक पढिएको

रुपन्देही । शुद्धोधन गाउँपालिका-३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगंज बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सविक्षा समिल नामको उक्त फ्याक्ट्रीमा काम गर्ने व्यक्ति बिच झैझगडा हुँदा ती किशोरले अवदेशलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने ती किशोरलाई पक्राउ गरेको हो । साथै चक्कु प्रहारबाट सामान्य घाइते भएका अवदेशका बाबु ४० वर्षीय गोपी चन्दको लुम्बिनी प्रादेशिक अस्पताल उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!