राजिव शाह

आइतबार, आश्विन १७, २०७८ || 477  पटक पढिएको

सर्लाही ।  अवैध लागूऔषध गाँजा सहित २ जनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ । गोरखकाली प्रहरी चौकी र सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाकाे संयुक्त टोलीले अवैध लागूऔषध गाँजा ७० केजी सहित सिमाना नाकाबाट नियन्त्रणमा लिएको छ ।

 

शुक्रबार राति करिव ११ बजे प्रहरीले भारत बिहार राज्य सितामदी जिल्ला पञ्चाय सोनवर्सा वडा नं.१, बर्ष२१का धर्मेन्द्र कुमार मण्डल र भारत बिहार राज्य सितामदी जिल्ला पञ्चाय सोनवर्सा वडा नं.३ बर्ष १९ का भोला कुमार साह रहेका छन् ।

प्रहरी चौकी गोरखकाली र बिओपी मलंगवा टावरबाट खटिएको टोलीले गस्तीको क्रममा ४-५ जना अपरिचित ब्यक्तिहरु टाउकोमा कालो पोका बनाएर भारत तर्फ जादै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकृत एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!