हिपमत डटकम

आइतबार, आश्विन १७, २०७८ || 438  पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को कार्यकाल पनि पार्टीको नेतृत्व गर्न पाउने सुनिश्चित भएको छ । एमालेको विधान अधिवेशनले ७० वर्षे उमेरहद राखेपनि ओलीलाई अनुकूल हुने गरी व्याख्या गरेपछि उनका लागि अर्को कार्यकाल सुनिश्चित भएको हो ।

विधान अधिवेशनमा प्रस्ताव गरिएको उमेरहदमा नेकपा एमालेको कार्यकारी पदमा ७० वर्ष सम्म रहन पाउने तर कार्यकालबीचमा उक्त उमेर पूरा भएपनि काम गर्न पाउने उल्लेख छ । ओली ७० वर्ष पुगेका छन् । अब यसै वर्ष महाधिवेशन भएमा उनी अध्यक्षको उम्मेदवार बन्नेछन् । अध्यक्षमा निर्वाचित भएमा उनले ७१ वर्ष पुगेपनि हट्नुपर्ने छैन । त्यसलाई कार्यकाल अवधि मानिनेछ ।

उमेरहदसहितको विधान प्रस्ताव उपमहासचिव विष्णु पौडेलले गरेका हुन् । उनले कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन नपाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभर जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे ।

७० वर्षे उमेरहदबारे पौडेलले व्याख्या गर्दा उनले बीचैमा बोले, कमरेडहरु बुझ्नुभयो होला । त्यसपछि हलमा हाँसो सुनिएको थियो । यो ओलीकै लागि व्यवस्था गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!