१४ फेब्रुअरीमा संसारभरीका विभिन्न देशका युवापुस्ताले भ्यालेन्टाइन्स डे मनाए । तर, तीमध्ये थुप्रै मानिस यस्ता पनि थिए जसले प्रेम गरेका कारण पुलिस कारवाहीको सामना गर्नुपर्यो । मुस्लिम बहुल देश इन्डोनेशियाका केही हिस्सामा पुलिसले होटलमा छापा मारेका छन् जसमा दुई दर्जन बढी अविवाहित जोडीलाई पक्राउ गरिएको छ । डेली मेलको रिपोर्ट अनुसार इन्डोनेशियामा खुल्ला रुपमा प्रेम गर्न प्रतिबन्ध छ र यसलाई देशको संस्कृति र नैतिकताविरुद्ध मानिन्छ । इन्डोनेशियाको मकस्सर र डेपोकमा आधिकारीले मानिसहरुलाई सार्वजनिक रुपमा प्रेम व्यक्त नगर्न चेतावनी पनि दिएको थियो । मकस्सरमा पुलिसले होटलमा छापामारी गर्दै कोठामा भएका अविवाहित जोडीलाई पक्राउ गरे । यीमध्ये एक जर्मनी व्यक्ति पनि समावेश थिए ।