विराटनगर । नासा ईन्भेष्टमेन्ट प्रा. लि. विराटनगरले स्वेच्छिक कार्यकर्ता देवकिशन मून्दड़ा सहित पाँच जनालाई सम्मान गरेको छ । नासाद्वारा संचालित छठम भागको कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।


शनिवार महेन्द्र मोरंग क्याम्पसको सभा कक्षमा आयोजना गरिएको सो कार्यक्रममा विराटनगरका सफल उद्योगपति स्वेच्छिक कार्यकर्ता देवकिशन मून्दड़ा, श्री नरग्राम माविका प्रधानाध्यापक भीम बहादुर वस्नेत, वरिष्ठ पत्रकार एवं सहित्यकार मीन कुमार नवोदि श्रेष्ठ, हरिनगरा गाउँपालिका सुनसरीका अध्यक्ष गफर अनसारी र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा. डा. ज्ञानेन्द्र बहादुर मल्ललाई सम्मान गरिएको हो ।

शिक्षा, स्वास्थ्य, सेवा तथा विकासको कार्य सहित अनेकौं क्षेत्रमा मून्दड़ाको योगदान उल्लेखनिय रहेको छ ।

असोज ३ गते सातौं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नु भएको मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित व्यक्तित्वहरुमा उहाँहरुको नाम उल्लेख गरिएकोले नासाद्वारा उहाँहरुलाई बधाई सहित सम्मान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताले बताए ।

प्रमुख अतिथी समेत रहनु भएका महेन्द्र मोरंग क्याम्पस विराटनगरका प्रमुख डा. बाबुराम तिमिसिन्ना सहित कार्यक्रमका विष्ठि अतिथी अतिथीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेको मेहताले बताए ।

नासा ईन्भेष्टमेन्टद्वारा संचलित शेयर बजार सम्बन्धी आधारभुत तालिमको छैठों भाग विराटनगरमा सम्पन्न भएको हो । यस अघि तालिमको पहिलो भाग पनि विराटनगरमै संचालन भएको थियो ।

त्यस्तै सुनसरीको कप्तानगंज, इनरुवा नगरपालिका, सुदुरपश्चिमको धनगढी र सुनसरीकै वराहक्षेत्र नगरपालिकामा सो तालिम संचालन भएको अध्यक्ष मेहताले बताए । अगामी कार्यक्रम सुनसरीको धरानमा हुने अधिकृत मेहताले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!