बलिउड सेलिब्रिटीले आफ्नो भ्यालेन्टाइन्स डे सेलिब्रेसन लुकाउने गरेता पनि मलाइका अरोडा र अर्जुन कपुरले पनि यसलाई लुकाउनु पर्ने विषय ठानेनन् । मलाइका र अर्जुनले निकै राम्रो टेबल सेन्टरपीसको तस्बिर सेयर गरेका छन्
त्यहाँ चकलेटमा डुबाइएको स्ट्रबेरी पनि राखिएको देख्न सकिन्छ । मलाईका र अर्जुन दुबैले यो तस्बिर आफ्नो इन्स्टा स्टोरीमा सेयर गरेका छन् । स्मरण रहोस्, मलाइका र अर्जुनले गत जून महिनामा आफ्नो सम्बन्ध स्विकार गरेका थिए । उनले अर्जुनको जन्मदिनमा इन्स्टाग्राममा उनीसँगको फोटो पोष्ट गर्दै आफ्नो सम्बन्ध स्विकारेकी थिइन् ।त्यस्तै अर्जुन कपुरले पनि मलाइकाको जन्मदिनमा एउटा निकै राम्रो तस्बिर पोष्ट गरेका थिए । उक्त तस्बिरमा अर्जुनले मलाइकालाई चुम्बन गरिरहेको देखिएका थिए ।