हिपमत डटकम

मंगलबार, आश्विन १२, २०७८ || 484  पटक पढिएको

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन सोमबार प्रतितोला रु ८८ हजार ८५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ ।

अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।-रासस/File Photo

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!