बिराटनगर ।बिराटनगरको उच्च अदालत गेटै अगाडी आईतबार एक युवा व्यावसायीमाथि खुकुरी प्रहार भएको छ ।
काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि उच्च अदालत गेट अगाडि उनकै पार्टनर विराटनगर–६ का २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार दिउँसो सावा १ बजेतिर कार्कीले लामालाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको छ ।
खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए ।
पार्टनरसिपको विवाद चर्किँदै गएपछि कार्कीले लामामाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।