हिपमत डटकम

बिहिबार, आश्विन ०७, २०७८ || 417  पटक पढिएको

वर्दिया । बढैयाताल गाउँपालिका(६ मैनापोखर बजारमा रहेको क्रितिसा ईलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोवाइल चोरी गरेको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय ईस्लाम दिन र बाँके डुडुवा गाउँपालिका-७ बस्ने ४० वर्षीय मुसा कुरेसी रहेका छन् ।

प्रहरीले ईस्लामलाई मोवाइल चोरी भाग्दै गरेको अवस्थामा घटनास्थलबाटै पक्राउ गरेको हो भने चोरीमा संलग्न मुसालाई बढैयाताल गाउँपालिका(३ भोलागौडी बजार नजिकबाट चोरी भएका ४ थान मोवाइल सहित फेला पारी पक्राउ गरेको हो ।

दुवै जना उपर जिल्ला अदालत वर्दियाबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय वर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!