हिपमत डटकम

आइतबार, आश्विन ०३, २०७८ || 1294  पटक पढिएको

विराटनगर । असोज ३ गते सातौं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नु भएको मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित व्यक्तित्वहरुमा विराटनगरका व्यवसायी स्वेच्छिक कार्यकर्ता देवकिसन मून्दड़ा “प्रबल जनसेवाश्री” सम्मानबाट सम्मानित हुनु भएको हो । मून्दड़ा हिपमत मिडिया हाउस प्रा. लि. का उत्प्रेरक पनि हुन् ।

विराटनगरका औद्योगिक घराना देबेनरा मून्दड़ा परिवारका अभिभावक समेत रहनु भएका देवकिसन मून्दड़ा समाज सेवामा सदैव अग्रपंक्तिमा रहनु भएको हो । सफल उद्योगी मून्दड़ाको योगदान शिक्षा, स्वास्थ्य सहितका अनेकौं क्षेत्रमा उल्लेखनिय रहेको छ ।

उहाँ तत्कालिन कटहरी गाविसको खोरिया टोल स्थित विद्यालयमा कार्यालय कोठा निर्माण गरि सहयोग गर्नु भएको हो । साथै सोही गाविसको वडा नं. १ स्थित निखिल ज्योति आश्रममा योग व्यायामका लागि सुविधाजनक व्यायाम हल निर्माण गराई सहयोग गर्नु भएको हो ।

त्यसैगरी जनजाति विद्यार्थीहरुको लागि आमाको माया छात्रावास निर्माण गर्न जनजाति कल्याण आश्रमलाई १ कठ्ठा भन्दा बढी जग्गा हस्तानतरण गरि सहयोग गर्नु भएको हो । बृद्ध–बृद्धाको सेवार्थ बिराटेश्वर बृद्धा आश्रममा कोठा निर्माण गराई सहयोग गर्नु भएको हो ।

त्यस्तै संयुक्त लगानीमा कोशी अंचल अस्पतालको आकस्मिक सेवा विभागमा ५० बेडको थप दुई तल्ले भवन निर्माण गराई अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरि सहयोग गर्नु भएको हो । त्यसैगरी संयुक्त लगानीमै पुर्वाञ्चलकै एकमात्र बिराट बहिरा माध्यमिक विद्यालयमा ५० बेडको दुई तल्ले छात्रावास भवन निमार्ण गराई व्यवस्थापन समितिलाई हस्तान्तरण गरि सहयोग गर्नु भएको हो ।

मून्दड़ा विगत लामो समय देखि जाडोमा न्यानो कपडा, गर्मीमा विभिन्न संघ–संस्थामा पँखा तथा चिसो खानेपानी र वर्षातमा फलदायी विरुवा वितरण गरी लोकोपकारी कार्यलाई निरन्तराता दिनु भएको छ ।

यस दिन राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सयभन्दा बढीलाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने घोषणा गर्नुभएको छ । नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ । उहाँले २०४७ सालको संविधान जारी गर्नुको साथै निर्वाचन समेत गराउनु भएकोले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई ‘नेपाल रत्न’ प्रदान गरिने भएको छ । उहाँलाई मरणोपरान्त नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ प्रदान गरिने भएको छ ।

त्यस्तै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुर्वणशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव मान–पदवी प्रदान गर्ने घोषणा भएको छ । यसैगरी, महाउज्ज्वल राष्ट्रदीप सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राजनीतिज्ञ स्व. तुल्सीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. दुर्गानन्द झा र स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!