शुक्रबार, फाल्गुण ०२, २०७६ || 582  पटक पढिएको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष थापाले खानेपानीको उपभोक्ता समितिको अध्यक्षसमेत आफै बनेर किर्ते कागजपत्र बनाएर भुक्तानी लिएको अख्तियारको आरोप छ ।

उनले झुठा काम नगरी झठा कागजपत्र बनाएर ६ लाख रकम भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । त्यसैगरी सोही गाउँपालिकाका कार्यालय प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र लेखापाल सुरेन्द्र तितजुले प्राविधिक प्रतिवेदन तयार गरेकाले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारको ठहर छ ।

त्यस्तै सोही गाउँपालिका वडानम्बर ५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठले खानेपानी आयोजनाको पाइप किन्दा ३ लाख भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

त्यसैगरी खानेपानी कार्यलयका सव इन्जिनियर लिलबहादुर पाण्डेले पेट्कु खानेपानी आयोजनमा भुक्तानी सम्पन्नको गलत प्रतिवेदन तयार गरी भुक्तानी दिएको आरोप अख्तियारको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!