शुक्रबार, फाल्गुण ०२, २०७६ || 778  पटक पढिएको

झापाको मेचिनगर नगरपालिका-१२ धाइजन स्थित मेची राजमार्गबाट करिब ६० लाख ३१ हजार १ सय रुपैया बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरु बरामद गरिएको छ । ठुलो परिणामको अबैध सामानहरु ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानलाई रोकेर चेकजाँच गर्दा उक्त गाडी भित्रबाट अबैध रुपमा ल्याईएको बिभिन्न प्रकारका लत्ता कपडाहरु बरामद भएको हो । बरामद गरिएको कपडा , भेन चालक मेचीनगर-७ बस्ने बिकास चन्द्र राजबंशी र पिकअप समेतलाई आवश्यक कारवाहीको लागी क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!