हिपमत डटकम

बुधबार, भाद्र ३०, २०७८ || 545  पटक पढिएको

बीपी कोइराला प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले झुटो विवरण पेस गरेर पद प्राप्त गरेको खुलासा भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नरहेको पत्ता लागेपछि कानुनी कारवाही थालिएको छ । १५ महिनाअघि गिरी प्रतिष्ठानको उपकुलपति नियुक्त भएका थिए । डा. गिरीले आफ्नो नामको अगाडि ‘प्राध्यापक’ लेखे पनि उनी नरहेको पत्ता लागेको हो ।

प्रतिष्ठानमा आन्दोलनरत चिकित्सकले प्राध्यापक पद ‘नक्कली’ भन्दै कानुनी कारबाही हुनुपर्ने माग राखेका थिए । सरकारले गठन गरेको बैकुण्ठ अर्याल नेतृत्वको छानबिन समितिले गिरीसँग प्राध्यापक रहेको प्रमाण ७ दिनभित्र माग्न सरकारलाई सुझाव दिएको थियो ।

प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा उनको प्राध्यापक पदवी विवादमा आएको र त्यसले विश्वासमा ह्रास ल्याएको भन्दै समितिले गिरीसँग प्रमाण माग्न सरकारलाई सुझाव दिएको हो । मन्त्रालयले आइतबार जारी सूचनामा डा. गिरी प्राध्यापक भएको भन्ने कुनै प्रमाण नभेटिएकाले प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!