हिपमत डटकम

बुधबार, भाद्र ०४, २०८२ || 1573  पटक पढिएको

काठमाडौँ, ४ भदौ । संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट प्रदर्शन गर्ने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते एक कार्यक्रम गरी उत्कृष्ट स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने तयारी गरेको हो।

मन्त्रालयका अनुसार लिसा मूल्याङ्कनको गुणस्तर परीक्षण सम्पन्न भइसकेको छ, र शासकीय प्रक्रिया तथा विकास व्यवस्थापनमा सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षा गर्न सकिने आधार तयार गर्ने, साथै स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।

सम्मानित हुने स्थानीय तहहरू:

  1. खैरहनी नगरपालिका – चितवन

  2. तिलोत्तमा नगरपालिका – रुपन्देही

  3. नीलकण्ठ नगरपालिका – धादिङ

  4. अर्जुनचौपारी गाउँपालिका – स्याङ्जा

  5. बेनीघाट रोराङ गाउँपालिका – धादिङ

  6. रुरुक्षेत्र गाउँपालिका – गुल्मी

उक्त स्थानीय तहहरूले राष्ट्रिय स्तरमा उच्चतम अंक प्राप्त गर्दै संस्थागत क्षमता मूल्याङ्कनमा अग्रस्थान हासिल गरेका हुन्।

समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान वितरण गरिनेछ। साथै, स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको औपचारिक शुभारम्भ पनि सोही अवसरमा गरिनेछ।

— रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!