हिपमत डटकम

बुधबार, भाद्र ०४, २०८२ || 1212  पटक पढिएको

नुवाकोट : नुवाकोटमा बाँदरले एकजना किसानको ज्यान लिएको छ । ५८ वर्षीय गोकर्ण नेपालीको बाँदरले आक्रमण गर्दा ज्यान गएको हो ।

बाँदरको आक्रमणबाट अचेत भएका नेपालीलाई उपचारका लागि अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। पन्चकन्या गाउँपालिका -२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले बताए ।

आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा बाँदरको फौजले आक्रमण गर्दा अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै ज्यान गएको बताईएको छ ।

मकै खान लागेको बाँदरलाई धपाउने क्रममा  बाँदरको फौजले नेपालीमाथि एक्कासी आक्रमण गर्दा उनी बेहोस भएको पन्चकन्या- २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए । बेहोस भएको अवस्थामा स्थानीयले उनलाई उपचार गर्न अस्पताल लिएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!