हिपमत डटकम

बुधबार, भाद्र ३०, २०७८ || 553  पटक पढिएको

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक आज ४०.२६ अङ्कले घटेको छ । हिजो मंगलबार १८ अङ्कले घटेको नेप्सेमा आज थप गिरावट भएको हो ।

शुरूमा बढे पनि कारोबार समय सकिँदासम्म ४० अङ्कले घटेर नेप्से परिसूचक २८८९.०३ अङ्कमा झरेको छ । नेप्सेमा आज १ करोड ५ लाख ५७ हजार ८७७ कित्ता सेयर किनबेच भयो । ५ अर्ब ३५ करोड ९० लाख ९७ हजार २५१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये, निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २७२, जीवन बीमा समूह १७५ र विकास बैंक समूहमा ११६ अङ्कको गिरावट आएको छ ।

नेप्से परिसूचक घटेपनि आज मनकामना स्मार्ट लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले सबैभन्दा बढी कमाएका छन् । स्मार्टको शेयरमूल्य ८ र कर्पोरेटको शेयर मूल्य ६ प्रतिशतले बढेको हो । साभार : रातोपाटी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!